नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ४७ पुग्यो
काठमाण्डौ – नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उदयपुरका ५५ वर्षकी एक महिला र कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ ।