हेटौंडाका चार स्थानमा धारालाई नछोई हात धुन मिल्ने स्टेशनको स्थापना

जनपत्र
११ बैशाख २०७७, बिहीबार १७:४८

हेटौंडा । न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । तैपनि साबुन पानीले हात धुन मिल्ने । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन हेटौंडाको चार स्थानमा स्थापना गरिएको छ ।

हेटौंडाको बुद्धचोक, वसपार्क, हेटौंडा अस्पताल र मानसचोकमा आम सर्वसाधरणको हात धुनका लागि ट्याङकीको जडान गरेर हात धुने स्टेसन स्थापना गरिएको हो । हेटौंडामा हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ ।

कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन (हातले सम्पर्क नगरी हात धुन मिल्ने हात धुने ठाउँ) को आजै उद्घाटन् गरिएको हो । कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याईएको हो ।
कोरोना भाइरस (कोभिड १९) को त्रास वढेको समयमा हेटौंडा वजार क्षेत्र ओहोर दोहोर गर्ने आम नागरिकका लागि हात धुन सजिलो होस भन्ने उदेस्यले ट्याङकी राखिएको हो ।

हेटौंडाको बुद्धचोकमा राखिएको हात धुने स्थानको उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, मानस चोकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, हेटौंडा अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल लगायतकाले उद्घाटन् गर्नुभयो । हेटौंडाका सम्पुर्ण लायन्स तथा लियोहरु, लायन्स सरोज पोख्रेल, रविन्द्य्र घिमिरे,  गोदावरी स्टील प्रालिको सहयोगमा चार स्थानमा हात धुनका लागि ट्याङकी जडान गरिएको लायन्स क्लब अफ हेटौंडा मकवानपुरका अध्यक्ष सरोज पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा पुरोनो गोरखगढ हेटौंडाका गणपति अनिल बुढाथोकी, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, लायन्स ३२५ विटुका भिडिजी शम्भु नकर्मीले चारै स्थानको कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*