डोटीमा अरु जिल्लाबाट आउनेलाई २१ दिन क्वरेण्टीनमा राखिने

जनपत्र
१० बैशाख २०७७, बुधबार १३:५९

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाभन्दा बाहिरबाट आउनेलाई २१ दिन अनिवार्य रुपमा क्वरेण्टीनमा राख्ने निर्णय गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थापन केन्द्र जिल्ला स्तरीय समितिको बैठकले आजबाट लागू हुनेगरी अरु जिल्लाबाट आउनेलाई अनिवार्य क्वरेण्टीनमा राख्ने निर्णय गरेको हो ।

विश्वमा कोरोना भाइरस संक्रमणको कहर दिनानुदिन बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाइ सुरक्षित राख्नका लागि आजदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाइ क्वरेण्टीनमा राख्ने निर्णय गरेका छौँ, निर्णयको अक्षरश पालना गरिने छ ।”

जिल्ला बाहिरबाट आउन जोकोहीलाइ सम्बन्धित पालिकाले एक ठाउँमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्य रुपमा २१ दिन क्वरेण्टीनमा राख्ने र ¥यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाँचको रिपोर्टको आधारमा मात्र घर फर्काउन जिल्लाका सबै पालिकालाई जानकारी गराइसकिएको समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*