आज देशका धेरै स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना

जनपत्र
१० बैशाख २०७७, बुधबार ०७:२१

बैशाख १० । आज ‘बुधबार’ पनि देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयता यो क्रम जारी छ।

बुधबार बिहान ६ बजे आफ्नो वेबसाइटमार्फत महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने र अपराह्नपछि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन रचट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ र हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको छ। त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*