मोरङका रतुवामाई र सुनवर्षीको २२ किलोमिटर सीमा बन्द

जनपत्र
१० बैशाख २०७७, बुधबार ०७:११

बैशाख १० । भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका क्षेत्रमा पर्ने २२ किलोमिटर सीमा बन्द गरिएको छ ।

ठूलो सङ्ख्यामा भारतीय लुछिछिपी नेपाल प्रवेश हुन थालेपछि रतुवामाईको चुनिमारीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडङ्गाले सीमा नाका पूर्णरूपमा सिल गरेको हो । भारतीय भूभागमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपले फैलन थालेपछि सङ्क्रमित व्यक्ति नेपाल प्रवेश नगरोस् भनी भारतसँग सीमा जोडिएका नाकाका २२ वटै स्थानमा सशस्त्र प्रहरी परिचालन गरी नाका पूर्णरूपमा सिल गरिएको हो । रतुवामाई र सुनवर्षी नगरपालिकका २२ किलोमिटर सीमा क्षेत्रमा एक हजार २५० मिटरको अन्तरमा अस्थायी चेकपोस्ट स्थापना गरी प्रत्येक पोस्टमा छ÷छ जनाका दरले सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडङ्गाका इन्चार्ज प्रहरी निरीक्षक झपिन्द्र बानियाँले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*