काठमाण्डौमा अलपत्र रहेका मकवानपुरका नागरिकको उद्धार

हेटौंडा । लकडाउनका कारण काठमाण्डौमा अलपत्र अवस्थामा रहेका मकवापनुर क्षेत्र नम्बर १ का नागरिकलाई आज उद्धार गरिएको छ । मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको पहलमा काठमाण्डौका विभीन्न स्थानमा अलपत्र परेका मजदुर र कामदार परिवारलाई उद्धार गरेर हेटौंडा ल्याउन लाग्नु भएको हो ।
नारायणी यातायात कम्पनि प्रालिको सहयोगमा ६ वटा बस र एउटा हाएसमा यहाँका अलपत्र यात्रुलाई उद्धार गरिएको सभापति दाहालले वताउनुभयो । कोरोना भाइरसको त्रासका कारण सरकारले चार साता देखि लकडाउन गरेका कारण मजदुरले रोजगारी पनि काठमाण्डौ उपत्यकामा पाएका छैनन् । घर फर्कन पनि लकडाउनको समस्या भएपछी सांसद दाहालले बसको व्यावस्था गरेर क्षेत्रनम्बर १ का आम नागरिकलाई उद्धार गरेर ल्याउनुभएको हो ।
काठमाण्डौको बालाजु, चावेल, चक्रपथ लगायतका स्थानबाट मजदुरलाई उद्धार गरिएको उहाँले वताउनुभयो । अहिलेसम्म विभीन्न कारणबाट काठमाण्डौमै रहेका नागरिकका लागि आज उद्धार गरिएको र भोलीका दिनमा पनि बाँकी रहेका नागरिकका लागि उद्धार गरिने उहाँले वताउनुभयो । आज उद्धार गरिएका नागरिकहरु मकवानपुर गढी, बकैयाँ, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रका छन् ।
लकडाउनका कारण धेरै मानिस घरमै छन् । तर, जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी च्यापेका छन्, कतिपयले बालबालिका डोर्याइरहेका छन् ।
पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम बढेको छ । कोटेश्वर तथा जडिबुटीमा भेटिएका विद्यार्थीहरूको एउटा समूह पनि यसरी आफैँ गाडी रिजर्भ गरेर गाउँ फर्किन लागेको भेटियो । एक विद्यार्थीले भनिन्, ‘पैसा कति लाग्छ भनेका छैनन्, तर पैसा तिरेर जाने हो ।’
मानिसहरूको एकाएक चहलपहल बढेपछि सुरक्षाकर्मी भने अन्यौलमा परे । कसले कसरी मानिसहरूलाई लैजान लागेको हो भन्ने उनीहरूलाई जानकारी छैन । ‘सोध्यो भने पनि भन्दैनन्, केही कागज पनि छैन’ त्यहाँ भेटिएका एक प्रहरी अधिकृतले भने, ‘धेरैजसो उद्धार होइन, भाडा तिरेरै जान लागेका रहेछन् । हामी पनि के गर्ने भनेर अन्यौलमा परेका छौँ ।’
सुरक्षाकर्मीहरूका अनुसार मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्ममा १९ वटा गाडी हिँडिसकेका छन् । र, अझै कति गाडी मानिसहरू लिएर जान्छ थाहा छैन ।