काठमाडौं गुहेश्वरीमा बोराभित्र भेटियो शव

जनपत्र
९ बैशाख २०७७, मंगलवार ०७:१८

राजधानीको गौशालास्थित गुहेश्वरी फाँटको खुला जग्गाको झाडीमा बोरा भित्र शव फेला परेको छ । ढल विकास कोष नजिकै झाडीमा करिब ४० वर्षीया पुरुषको शव फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त गौशाला र महानगरीय प्रहरी अपराध महाशाखाबाट अनुसन्धान गर्न टोली घटनास्थलमा खटिएको थियो ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार फोहोरको थुप्रोमा बोरा भित्र शव फेला परेको थियो । करिब ४० वर्षीया पुरुषको शव फेला परेको जानकारी एसपी कार्कीले दिए । उनका अनुसार शवको पहिचान हुन सकेको छैन । कसैले हत्या गरेर प्रमाण लुकाउन शव बोरामा फालेको आशंका प्रहरीको छ । प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि टिचिङ पठाएको छ ।

एसपी कार्कीले भने, ‘अधवैशे पुरुषको शव बोरा भित्र फेला परेको हो । पहिचान हुन सकेन । अनुसन्धान जारी छ । ’ बरामद शवको अनुहार पुरै सडेगलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*