हेटौंडा ९ मा १८ जनाको आरडीटी टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

हेटौंडा । विदेशबाट आएकाहरुको हेटौंडा उपमहानगरपालिकाको वडा /वडामा नै र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गरिएको छ ।
उपमहानगरपालिकाले आज हेटौंडा ९ मा १८ जनाको र्यापीड टेष्ट गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो । टेष्ट गरिएकाहरु सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो । १८ जना मध्य चार जना महिलाको ¥यापीड टेष्ट गरिएको थियो । हिजो हेटौंडा उपमहानगरपालिकाका १६, १७ र १८ नम्बर वडा कार्यालयमा आरडीटी गरिएको थियो ।
तीन वडामा ७ जना महिलासहित ४० जनाको आरडीटी गरिएको थियो । ४० जनाको नेगेटिभ आएको थियो । विदेशबाट आएकाहरुको सबै वडामा नै पुगेर आरडीटी गर्न उपमहानगरपालिकाले समन्वय गरिरहेको मेयर हरिबहादुर महतले बताुभयो ।
उपमहानगरपालिका भए पनि केही वडाहरु भने दुर्गम रहेका छन् । त्यस्तै वडाका मानिस विदेश गएर फर्केका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाले हिँडेरै घर जान लागेकाहरुलाई चार दिनदेखि हेटौंडामा खाना खुवाउन थालेको छ ।