हेटौंडाका तीन वटा वडामा ४० जनाको र्यापिड टेष्ट, सवैको रिपोर्ट नेगेटीभ

हेटौंडा । हेटौंडाका तीन वटा वडामा आज बिभीन्न देशबाट फर्किएका ४० जनाको र्यापिड टेष्ट गरिएको छ । हेटौंडाका तीन वटा वडामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको संक्रमण भए नभएको विषयमा जाँच गरिएको हो ।
हेटौँडा उपमहानगरपालिकाले आज आइतबार हेटौँडा १६, १७ र १८ नम्वर वडामा विदेशबाट आउनुभएका ७ जना महिला र ३३ जना पुरुषको आरडीटी परीक्षण गरेको हेटौंडा उपमहानगथरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । टेष्ट गरिएको ४० जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वतााउनुभयो ।
हेटौंडाका वडा वडामा गएर यसको जाँच गरिएको विदेशबाट फर्किएकाहरुरको आरडीटी परिक्षण गरिएको र यो अभियान निरन्तर जारी राखिने मेयर महतले जानकारी दिनुभयो । हेटौंडाका अरु वडामा पनि विदेशबाट फर्किएकाहरुमा कोरोनाको परिक्षण गरिने उपमहानगरपालिकाको तयारी छ ।
यसअघि हेटौंडाको हुप्राचौर र चुरीयामाइ लगायतका क्षेत्रमा आरडीटी परिक्षण गरिएको छ । उपमहानगरले यसअघि पनि आरडीटी परीक्षण गर्दै आएको छ । केही दिनअधि हेटौँडाका ४ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो, तर पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टी भएको हो । अहिलेसम्म हेटौँडा उपमहानगरपालिकामा कोरोनाको संक्रमित विरामी नपरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।