मकवानपुरको मनहरीमा दुइदिनको हावाहुरीले किसान र मजदुरलाई थप पीडा

हेटौंडा । मकवानपुरको मनहरीमा सुक्रबार र शनिवार पानीसंगै परेको हावा हुरीका कारण किसान र मजदुर सवै भन्दा वढी मारमा परेका छन् । हावाहुरीका कारण दुईसय भन्दा वडि घरका छाना उढाएपछी उनीहरु थप मारमा परेका छन् । किसानले खेत बारीमा लगाएको मकै लगायतका अन्नबाली र तरकारी बालीमा क्षति पुगेको छ । यता किसानले खोरमा पालेको कुखुरा समेत मरेको मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । हावाहुरीका कारण क्षति पुगेका परिवारलाई गाउँपालिकाले सहयोग गर्ने उहाँले वताउनुभयो ।
कोरोना भाइरसको त्रास वढीरहेको समयमा गाउँपालिकाले राहत वितरणको काम गरिरहेको थियो । अहिले हावा हुरीका कारण थप समस्या परेको अध्यक्ष उप्रेतीले वताउनुभयो । मनहरी गाउँपालिकामा शुक्रबार र शनिवार बेलुका हावाहुरी र असिनापानीले दुई सयभन्दा बढी घरको छाना उडाएको छ । तरकारी बालीमा समेत क्षति पुगेको छ । करिब ८ बजेपछि आएको हावाहुरीसहितको असिनापानीले मनहरी–५, डिल्लीपुर क्षेत्रका दुई सयभन्दा बढी घरधुरीको छाना उडाएको स्थानीय पुरुषोत्तम सापकोटाले बताउनुभयो ।
तरकारी, फलफूल, मकै तथा अन्य बाली नस्ट गरेको र खानेपानीको ट्यांकीसमेत भत्किएको उनले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीसहितको टोली पुगेर क्षतिको वास्तविक तथ्यांक संकलन भइरहेको छ ।
‘तरकारी तथा खाद्य बालीमा बढी क्षति भएको देखिन्छ । दुई सयभन्दा बढी घरमा पनि क्षति भएको छ । तथ्यांक संकलन भइरहेको छ,’ अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा शुक्रबार राति आएको हावाहुरी र असिनापानीले तरकारी बाली तथा घर भत्काएको छ । राति करिब ८ बजेपछि हावाहुरीसहित आएको असिनापानीले मनहरी–५, डिल्लीपुर क्षेत्रमा लगाइएको तरकारी, फलफूल, मकै तथा अन्य वाली पूर्णरुपमा नष्ट गरेको स्थानीय पुरुषोत्तम सापकोटाले बताउनुभयो ।
मकै, तरकारी तथा अन्य वाली सबै नष्ट भएको छ। धानवालीलाई भने क्षति गरेको छैन’ उनले भने। स्थानीय सापकोटाका अनुसार त्यसवडामा रहेको सम्पूर्ण घरधुरीलाई हावाहुरीसहितको असिनापानीले असर गरेको छ। हावाहुरीसहित परेको असिनापानीले मनहरी गाउँपालिका वडा नं ५ मा कृषि, पशुधन तथा भौतिक क्षति गरेको छ । दर्जनौ घरहरु भत्केका छन् र जस्तापाता उडेको छ ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार अधिकाँशका घरका छानाहरु उडाएका छन् । हावाहुरीले घर भत्कँदा ३ जना घाइते भएका छन् । तीमध्ये एकजनाको कुम खुस्किएकाले उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिनुभयो । अरु सामान्य घाइतेको स्थानीय स्वास्थ्य इकाई र मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।
हावाहुरीका कारण सयौँ बिगाहको मकै खेती नष्ट भएको छ भने ५ हजार कुखुराका चल्ला नष्ट भएका छन् । एउटा भैँसी समेत मरेको छ । तरकारी तथा केरा खेती पूर्ण रुपमा क्षति भएको ५ नं वडाअध्यक्ष शुभराज थिङले जानकारी दिनुभयो । हावाहुरी र असिनापानीले नष्ट गरेका पशुचौपाया तथा भौतिक बस्तुहरुको उद्धारका लागि संविधानसभा सदस्य राजाराम स्याङ्तानसहित जनप्रतिनिधिहरु खटिनुभएको थियो ।
यसैबीच मनहरी गाउँपालिका ७ स्थित राक्सिराङ कृषि तथा पशु फर्म प्रालिले टनेलमा लगाएको गोलभेँडा खेती हावाहुरीले पूर्ण रुपमा क्षति पु¥याएको सञ्चालक इन्द्र थिङले जानकारी दिनुभयो । उहाँको टनेलका प्लाष्टिकहरु तथा आफू बस्दै आएको घर समेत हावाहुरीले उडाएको छ । हावाहुरीसँगै चट्याङ लाग्दा राक्सिराङ गाउँपालिका वडा नं २ मा तीनजना घाइते भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुुमार मल्लले जानकारी दिनुभएको छ ।