हिडेरै घर जानेलाई हेटौंडामा खाना

जनपत्र
६ बैशाख २०७७, शनिबार १७:२६

हेटौंडा । हिडेरै घर जान लागेकाहरुलाई हेटौंडा उपमहानगरपालिकाले तीन दिन देखि खाना खवाउन थालेको छ । काठमाण्डौ, चितवन लगायतका जिल्लाबाट हिडेरै घर जान लागेका पैदलयात्रीलाई तीन दिन देखि लगातार रुपमा खाना खुवाउने गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

चार साता देखिको लकडाउनका कारण आफ्ना घर हिडेका मजदुरलाई खाना खानका लागि होटल नहुनु, पसलहरु न्खुल्ने जस्ता समस्याका कारण खाना खुवाइएको मेयर महतले वताउनुभयो । बिहीबारदेखि लगातार रुपमा हेटौंडाको चौकिटोलमा रहेको अन्नपुर्ण भोजनालयमा उपमहानगरपालिकाले खाना खुवाएको हो ।

पहिले हेटौंडा काठमाण्डौ छोटो दुरीको मार्ग भएर धेरै यात्रु पैदल हिडेर गन्तव्यमा जाने भएपनि अहिले भने त्यो समस्या कम भएको छ । तर, पैदलयात्रा गर्नेहरुलाई दिनहुँ खाना खवाउने गरिएको हो । तीन दिनमा गरेर एक सय जना यात्रुलाई खाना खुवाइएको छ । बिशेषगरी तराइका जिल्ला र धेरै टाढाका जिल्लामा समेत गन्तव्यमा जान लागेका यात्रुलाई खाना खुवाउने गरिएको छ । घण्टौको दुरीमा हिडेर थकित भएका यात्रुलाई खाना खुवाएपछी उनीहरु निकै खुसी समेत भएका छन् । उपमहानगरपालिकाले खाना खुवाउनु भन्दा हेटौंडा ५ का रुपक महत लगायतका पाँच जना युवाहरुको समुहले पैदलयात्रीहरुलाई खाना खुवाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*