कोरोना विरुद्धको लडाईमा मकवानपुरका दश स्थानीय तहका मनछुने काम

संघीय सरकार र प्रदेश सरकारसंग जनसक्ति र श्रोत साधनले भरिपुर्ण भएपनि खासै परिचालन भएन । तर, मकवानपुरका स्थानीय सरकारले जनताको कोरोना त्रासको आलो घाउमा मलम लगाउने काम गरेका छन् ।
हरि हुमागाईं
६ बैशाख २०७७, शनिबार ११:५३

हेटौंडा । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलन नदिनका लागि देशव्यापरी रुपमा लकडाउन भएको चार हप्ता नाघ्यो । तीन तहका सरकार मध्य संघीय सरकार, बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धेरै खालका निर्णय मात्र भए । तर, लकडाउन भएपछी कोरोनाको कुनै पर्वाहनै नगरीकन मकवानपुरका दश वटा स्थानीय तहले आम नागरिकका निम्ती मनछुने काम गरेर देखाएका छन् । पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यसंगै कर्मचारी पनि दिनरात खटिएका छन् । कोरोना विरुद्धको लडाइमा सवै संयन्त्र प्रयोग गरेर जनताका निम्त िकाम गरेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

हेटौंडाका १९ वटै वडाका अध्यक्ष, सदस्य र कर्मचारी पनि उत्तिकै रुपमा खटिएको मेयर महतले वताउनुभयो । दिन रात नभनी हेटौंडाको मात्र नभइ मकवानपुरका दश वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिस्पर्धात्मक रुपमा काम गरेका छन् ।

सिधै जनताले भेटाउने र छुने सरकारको रुपमा स्थानीय तह छ । उसले हरेक दिन नागरिकका समस्याका निम्ती काम गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि मकवानपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहनतपूर्वक काम गरिरहेका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले यतिवेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् ।

स्थानीय तह भन्दा बाहेकका धेरै जसो कर्मचारी लकडाउको विदामा ओच्यानमा ठेला उठ्नेगरी पल्टँदा स्थानीय तहका कर्मचारीसंगै स्थास्थ्यकर्मी, अरु कर्मचारी, नगर प्रहरी दिनरात नभनीकन खटिएका छन् । कोरोना रोकथामका लागि धेरै राम्रा काम यो समयमा गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर महत वताउनुहुन्छ ।

स्थानीय तहले गर्न सक्ने खालका सवै संयन्त्र प्रयोग गरेर कोरोना विरुद्धको काम गरिएको उहाँले वताउनुभयो । संघीय सरकार र प्रदेश सरकारसंग जनसक्ति र श्रोत साधनले भरिपूर्ण छन् । तर, मकवानपुरका स्थानीय सरकारले जनताका अप्ठेरोमा मलम लगाउने काम गरेका छन् । कर्मचारी अभाव, कोरोना विरुद्ध लड्नका लागि सामाग्रीको अभावका विचमा पनि धेरै खालका महत्वपूर्ण काम गरेर जनताका मन जित्न सफल भएको यस क्षेत्रका सामाजिक अभियानताहरु वताउँछन् ।

मकवानपनपुरको थाहा नगरपालिकामा विदेशबाट फर्किएकाहरुमा र्‍यापिड टेष्ट गरिदै ।

फलस्वरुप गाउँबस्तीमा मानिसहरुले आपतविपद र दुखका वेलामा आफ्नो स्थानीय तहका जनप्रतिनिधि अविभावक पाएका छन् । सीमित स्रोतका बावजुद देशमा विपद जोखिम आइपर्दा स्थानीय सरकारहरुले यसअघि भोगेका ब्यवस्थापकीय असफलताहरु आउन दिएका छैनन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी र बकैयाँ गाउँपालिकाले कोरोना विरुद्धको लडाईमा सवै काम गरेका छन् ।

यहाँका सवै स्थानीय तहले विदेशबाट पछील्लो डेढ महिनामा फर्कनेहरुको नामावली संकलन गर्ने, उनीहरुलाई गाउँटोलमै पुगेर स्वास्थ्य उपचार गर्ने, अहिले र्यापिड टेष्ट गर्ने, गाउँ गाउँमा क्वारेन्टाइन निर्माण गर्ने, किटनासक औषधि छर्कने लगायतका काम गरिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्ठले वताउनुभयो ।

लकडाउनपछी गाउँगाउँमा सचेतना संगै भोकै वस्नुपरेका परिवारलाई खाद्यान्न वितरण गर्ने, कोरोना परिक्षण गर्ने, संघीय र प्रदेश सरकारले दिएका निर्देशन पालना गर्दै टोलटोलका नागरिकका पिरमर्का वुझ्ने काममा स्थानीय सरकार लागिपरेको र जस्तोसुकै समस्या आइपरेपनि सरकारको अनुभुति दिलाउनका लागि काम गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती वताउनुहुन्छ ।

प्रारम्भिक सचेतना पालिकाहरुले सर्वप्रथम आफ्ना स्वास्थयकर्मीहरुको बीचमा कोरोना विश्वब्यापी महामारीको स्तर, भाइरसको सर्ने विधि, संक्रमितको लक्षण र सम्भाब्य उपचारका उपायहरु बारे विज्ञहरु मार्फत अभिमुखीकरण गराएका छन् । त्यसैगरी नागरिक स्तरमा यस रोगका लक्षणहरु, संक्रमण रोक्न अपनाउनुपर्ने वहुआयामिक सावधानीहरु सम्वन्धमा सुसूचित गराएका छन् । यसक्रममा पहिले देखि अहिले सम्म गाउँ टोलमा आम नागरिकहरुलाई सूचना पुर्याउन धेरैजसो पालिकामा माइकिङ गर्ने, लकडाउन पालना गराउन जनप्रतिनिधि आफै हिडेको मनहरी गाउँपाकिलाका अध्यक्ष उप्रेतीले वताउनुभयो ।

यहाँका सवै स्थानीय तहले स्थानीय विपद ब्यवस्थापन समितिको गठन र परिचालन, सिघ्र उद्धार कार्यदलहरुको गठन, कोरोना रोकथाम कोष स्थापना र रकम ब्यवस्था लगायतका संगठनात्मक कार्यहरु सम्पादन गरेका छन् । स्वास्थयकर्मीहरुलाई विदा बस्न रोक लगाउने, उनीहरुको विवरण तथा सम्पर्क नम्बरहरु सार्वजनिक गर्ने र माथिल्ला निकायहरुलाई जानकारी दिने कार्यपनि यसै चरणमा भएका छन् ।

यहाँका पालिकाहरुले स्वास्थ्य चौकीहरुमा अत्यावश्यक औषधिहरुको आपूर्ति ब्यवस्था मिलाउनेदेखि कोरोना रोकथामका लागि आवश्यक उपकरणहरु, जस्तै (थर्मल गन, मास्क, पञ्जालगायतका उपकरणहरुको खोजी गर्ने, संकास्पद संक्रमितहरुलाई अलग्गै राख्नको लागि क्वारेन्टाइनस्थलको पहिचान र त्यसको निर्माणका लागि सुरक्षाकर्मीहरुसँग समन्वय गर्ने कार्य अघि वढाएका छन् ।

स्थानीय तहले बजारमा उपभोग्य वस्तुहरुको आपूर्तिका लागि ढुवानीलाई सहज वनाउने र खाद्यान्न औषधि र तरकारी पसलहरु नियमित खुलाउनका निमित्त निजी ब्यवसायीहरुलाई आग्रह सूचित गर्ने कार्यमा पालिका प्रमुख र उपप्रमुखहरु आफैं फिल्ड अनुगमनमा नियमित खटिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*