बागमती प्रदेशमा ३ हजार जनामा र्यापिड टेष्ट, मकवानपुरमा १६८ जना
हेटौंडा । बागमती प्रदेशका जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ३ हजार ७९ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्यापिड टेष्ट गर्दा १२ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
र्यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर एक सय ६८ जनाको र्यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ ।
र्यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर र्यापिड टेष्ट गरिएको हो ।
र्यापिड टेष्ट काठमाण्डौमा ९ सय २३ जना, भक्तपुरमा १ सय ८३ जना, ललितपुरमा ३ सय २८ जना, रसुवामा २८ जना, नुवाकोटमा २ सय ८७ जना, चितवनमा ३ सय ३० जना, सिंधुलीमा १ सय ९२ जना, काभ्रेमा २ सय २५ जना, सिन्धुपाल्चोकमा एक सय ४७ जनामा गरिएको हो । हिजो मात्र ४ सय ५५ जनामा र्यापिड टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।






