कोरोनाबारे जानकारी दिन हेटौंडाको छुट्टै अनलाइन पोर्टल
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का बारेमा जानकारी दिने उदेस्यले अनलाइन पोर्टल तयार गरेको छ । कोरोना सम्वन्धी सवै जानकारी सहज रुपमा दिने उदेस्यले यो पोटल तयार गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । सीइसीआइ काठमाण्डौको सहकार्यमा पोर्टल तयार गरिएको हो ।
कोभिड १९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चालिएका बिभिन्न गतिबिधिहरू सहित आम नगरबासीहरुलाई सुसुचित गर्ने प्रयासको लागि यो आधिकारिक पोर्टल तयार पारिएको मेयर महतले वताउनुभयो ।
यस पोर्टल मार्फत आफूलाई कोभिड १९ को संक्रमणको संका लागेका ब्यक्तिले अनलाईन फारम भरि आफ्नो स्वास्थ्य अबस्थाको बारेमा उपमहानगरपालिका लाई जानकारी गराउन सक्नुहुनेछ । आधारभुत स्वासथ्य सेवाका लागि सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थाहरुको सम्पर्क नम्बर यसै पोर्टलमा राखिएको छ।
कोरोनाबारे जानकारी लिन र आफ्नो फम भर्नका लागि तयार गरिएको पार्टल यस्तो छ । https://hetauda.susasan.org/covid19