हेटौँडामा र्‍यापिड टेष्ट पोजिटिभ देखिएका चारै जनामा पीसीआर रिपोर्ट नगेटिभ

बिदेशबाट फर्किएका चारै जनामा अव कोरोना भाइरस नभएको पुष्टी भएको छ ।
जनपत्र
५ बैशाख २०७७, शुक्रबार १३:५४

हेटौंडा । हेटौँडामा हिजो र्‍यापिड टेष्ट पोजेटिभ देखिएका चारै जनाको स्वाब रिपोर्ट भने नेगेटिभ आएको छ । हेटौंडामा विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरस (कोभिड १९) र्‍यापिड टेस्ट गर्दा चार जनाको रिपोर्टमा पोजिटिभ नतिजा निस्किएको थियो । आज भने चारै जनाको स्वाब रिपोर्ट भने नेगेटिभ प्राप्त भएको हो ।

उपमहानगरपालिकाले हिजो देर्ख र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा पोजेटिभ देखिएको थियो । आज हेटौंडाको कोरोना ल्यावमा गरिएको परिक्षणमा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

उनहिरु चारैजनाको स्वाब परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको हो । उनीहरुमा अव कोरोना भाइरस नभएको पुष्टी भएको छ ।
बिदेशबाट फर्किएका चारजना हेटौंडामा वसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको थियो । तीन जना पुरुष र एक जना महिला हुन् । हिजो हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो। उनीहरुहरुलाई आइसोलेसनमा राखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*