हेटौंडा अस्पतालको ज्वरो क्लीनिकमा २८० जना विरामीको जाँच

जनपत्र
५ बैशाख २०७७, शुक्रबार ०७:५२

हेटौंडा । हेटौंडा अस्पतालले सुरु गरेको ज्वरो क्लीनिकमा हाल सम्म २ सय ८० जना विरामीको जाँच गरिएको छ । दैनिक १५ देखि २० जना विरामीले ज्वरो जाँच गराउने गरेका छन् । चैत २१ गते देखि अस्पतालमा सुरु गरिएको ज्वरो क्लीनिकमा आज बिहान सम्ममा २ सय ८० जनाको परिक्षण गरिएको ज्वरो क्लीनिकका इन्चार्ज डाक्टर हरि बहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पतालमा उपचार गर्नका आएका र गम्भिर खालका ज्वरोका विरामीलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राख्ने गरिएको र केही अझै गम्भिर देखिएका विरामीलाई भने भरतपुर रिफर गरिएको खड्काले वताउनुभयो । विदेशबाट आएका र ज्वरो आएकालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने गरिएको उहाँले वताउनुभयो । अस्पतालले ज्वरोका विरामीलाई जाँच गर्नका लागि छुट्टै क्लीनिक सञ्चालन गरेपछी अरु विरामी पनि त्यसै फर्कनुपर्ने अवस्था छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*