दिउँसो हिँड्न नदिएपछि मध्यरातमा घर फर्किँदै मजदुरहरु

जनपत्र
५ बैशाख २०७७, शुक्रबार ०७:११

पछिल्लो पटक सरकारले वैशाख १५ गतेसम्‍म लकडाउन थप्ने र आवतजावतमा थप कडाइ गर्ने उर्दी जारी गरेपछि मजदुरी गरेर गुजारा गर्नेहरु झन मारमा परेका छन्। उनीहरु आफू कसरी सुरक्षित घर पुग्‍न सकिन्छ भनेर उपाय खोज्दै राति आफ्नो घरको लागि हिँडेरै यात्रा गरिरहेका छन्।

बुधबार काठमाडौंबाट सप्तरी र सिन्धुपाल्चोकबाट बर्दियाका लागि मजदुरहरु राति आफ्नो गन्तव्‍यमा हिँड्न बाध्‍य भएका छन्। काभ्रेपलाञ्‍चोक जिल्ला प्रशासनले दिउँसो सडकमा हिँड्‍नेलाई काभ्रे प्रवेश गर्न नदिने र जरिवाना लगाउने नियम ल्‍याएपछि मजदूरहरु बाध्‍य भएर काभ्रेको सडक हुँदै राति आफ्नो घरतर्फ लागेका हुन्।

उनीहरु उनीहरु आफूसँग भएको खानेकुरा, चाउचाउ, चिउरा र बोतलको पानी बोकेर घर हिँडिरहेका छन्। कहाँ बस्‍ने, के खाने र कसरी जाने थाहा छैन। तर एक मात्र उनीहरुको उद्देश्य जसरी पनि घर जाने रहेको पैदल हिँडिरहेका मजदुरहरुले बताएका छन्।उनीहरुले सरकारले आफ्नो लागि केही व्‍यवस्था नगरेकाले घर नै हिँड्नुपर्ने बाध्‍यता आइपरेको गुनासो गरेका छन्। देश सञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*