मुगुमा ९५ जनाको कोरोनाको आरडीटी परिक्षणमा एकको रिपोर्ट शंकास्पद
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा रहेका चार वटा स्थानिय तहहरु मध्य तीन वटामा गरेको र्यापिड परिक्षण (RDT) मा एक जनाको रिपोर्टमा पोजेटीभ देखिएको छ।
बिहिवारसम्म जिल्लाका सोरु गाँउपालिकामा १३ जना, खत्याड गाँउपालिकामा ५५ जना, छायाँनाथ रारा नगरपालिकामा २२ जनाको परिक्षण गरिएको र खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा बिहिवार गरिको र्यापिड परिक्षणमा एक जनाको रिपोट पोजेटीभ आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परिक्षणका लागी प्रदेश राजधानी सुर्खेत पठाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।