हेटौंडामा आज देखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु

जनपत्र
४ बैशाख २०७७, बिहीबार ०७:१२

टौंडा । हेटौंडा उपमहानगरपालिकाले आज देखि र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरेकोे छ । उपमहानगरपालिकाका सवै वडामा बिदेशबाट फर्किएकाहरुलाई घरघरमा पुगेर ¥यापिड टेष्ट गर्न सुरु गरिएको हो । कोरोना भाइरसक (कोभिड १९) लागेको छ की छैन भनेर परिक्षण गर्नका लागि र्‍यापिड  टेष्ट गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।

आजबाट पाँच जना स्वास्थ्यकर्मी टोल टोलमा खटाइएको छ । आज मात्र पाँच जना स्वास्थ्कर्मीको टोलिले हेटौंडाको वडा नम्बर ४, ५ र १५ मा आज टेष्ट गरिने तयारी रहेको मेयर महतले वताउनुभयो । अरुलाई पनि र्‍यापिड  टेष्टको काम निरन्तर गरिने उहाँले वताउनुभयो । नगरका वडाहरुमा पीपीइ सेट लगाएर स्वास्थ्यकर्मीलाई र्‍यापिड  टेष्ट गर्न लागिएको हो । र्‍यापिड  टेष्ट गरिसकेपछी विदेशबाट फर्किएका वा कोरोनाको संका लागेका विरामीलाई जाँच गराएपछी अरुमा कोरोना संक्रमण हुने छैन ।

यसैगरी थाहा नगरपालिकामा हिजोबाट कोरोना भाइरसर्को यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु भएको छ । थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । विदेशबाट आकाहरुको घरैमा गएर्र यापिड डाइग्नोस्टिक टेस्ट भैरहेको छ ।

हिजोबाट नगरको चित्लाङ, बज्रवाराही र टिष्टुङमा टेष्ट भैरहेको हो । टोलीमा स्वासथ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल सहभागी छन् । थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ ।

थाहा नगरपालिकामा ७० जना विदेशबाट आएका व्यक्तिहरु रहेका छन् । जसमध्ये सबै १४ दिन नाघिसकेका छन् । १४ देखि २१ को २ जना, २१ देखि २८ को २२ र बाँकी २८ दिन नाघिसकेका मात्र रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*