मकवानपुरगढीमा अनुगमनः कृषि कर्ममा लाग्न सांसद खतिवडाको आग्रह

जनपत्र
३ बैशाख २०७७, बुधबार १८:२९

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको विभीन्न वडाको आज सांसद सहितको टोलीले अनुगमन गरेको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडा सहितको टोलिले कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण लकडाउन भएपछी गाउँपालिका क्षेत्रमा भएका समस्याका बारेमा बुझ्न अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा सांसद खतिवडाले गाउँका सवैलाई कृषि कर्ममा लाग्न आग्रह गर्नुभयो । गाउँमा मल र विउको व्यावस्थापन बेलैमा किसानले गर्ने र आवस्यक विउमा समस्या भएमा गाउँपालिकाले सहयोग गर्नुपर्ने वताउनुभयो । सरकारी स्तरबाट वितरण गरिएको राहत सामाग्री सित्तैमा लिने भन्दा पनि गाउँमा भएकाले नभएकालाई सहयोग गर्ने वतावरण तयार गर्नुपर्ने उहाँले वताउनुभयो ।

सांसद खतिवडा सहित गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, नेकपा गढीका अध्यक्ष रामजी सापकोटा, नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद दाहाल लगायतकाको टोलिले लकडाउनपछी अनुगमन गरेको हो । टोलिले गढी गाउँपालिका वडा नम्बर ५ र ६ आमभन्ज्याङ, ७ सुकौरा, ८ वुढीचौर, ३ मक्रान्चुली लगायतका क्षेत्रमा पुगेको थियो ।

अनुगमनमा सम्वन्धीत वडाका अध्यक्षहरु प्नि सहभागि थिए । अनुगमनका क्रममा स्थानीय स्तरमा लकडाउनको पालना भए नभएको, स्थानीय स्तरमा निर्माण भएका १३ वेढको क्वारेन्टाइनको अवस्था, विदेशबाट फर्किएर आएकाहरुको अवस्था, सरकारले वितरण गरेको राहत सामाग्री वितरणको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*