मकवानपुरको राक्सीराङमा चट्याङले एकको मृत्यु, १९ जना घाइते

हेटौंडा — राक्सिराङ गाउँपालिका–७ धिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् । हावाहुरीसँग परेको चट्याङले ४० वर्षीय चैतसिंह चेपाङको मृत्यु भएको हो।
घाइतेमध्ये कृष्णबहादुर चेपाङ, रामबहादुर चेपाङ, आलिमाया चेपाङ र महेन्द्र चेपाङको अवस्था गम्भीर रहेको प्रदेश सांसद सन्तबहादुर चेपाङले बताए। उनका अनुसार मंगलबार राति ९ वटा घरमा चट्याङ परेको थियो।
घाइतेहरूको धिराङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सांसद चेपाङ र मनहरीको प्रहरी टोली घटनास्थल गइरहेको छ। आइतबार र सोमबार राक्सिराङ र कैलास गाउँपालिकामा चट्याङले १८ जना घाइते भएका थिए। इकान्तिपुरबाट ।