हेटौंडाको कोरोना ल्यावमा ११३ जनाको स्वाब परिक्षण सकियो, रौतहटका ४८ जनाको परिक्षण चल्दै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म एक सय १३ जनाको स्वाब परिक्षण सकिएको छ । सवै जनाको रिपोर्ट पनि प्राप्त भएको छ ।
ल्यावमा स्वाब परिक्षण गरिएका मध्यमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ र अरु एक सय १० जनाको रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकीत्सा सेवा महासाखाका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिनुभयो । विरगन्जमा वस्दै आएका भारतिय नागरिक ३ जनाको मात्र रिपोर्ट गत सुक्रबाट पोजेटिभ आएको हो ।
हेटौंडाको ल्यावमा हिजो रौतहट जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याइएका ४८ जनाको परिक्षण आज चल्दै गरेको उहाँले वताउनुभयो । कोरोना भाइरसको संका लाग्ने वित्तिकै स्वाब परिक्षणका लागि मकवानपुर र आसपासका तराईका जिल्लाबाट हेटौंडामा ल्याइने गरिएको छ ।
हेटौंडाको कोरोना ल्यावमा परिक्षण गरिएका धेरैजसो तराइका जिल्ला बारा, पर्षा, रौतहटका रहेका छन् । थोरै मात्र मकवानपुरको परिक्षण गरिएको छ ।