मकवानपुरको थाहानगरमा घरघरै पुगेर कोरोना परीक्षण

हाई केयरसहित २५ काेठे क्वारेन्टाइन, मेडिकल अधिकृतकाे नेतृत्वमा टाेली ‘अलर्ट’
जनपत्र
२९ चैत्र २०७६, शनिबार १८:२३

मकवानपुर — थाहा नगरपालिकाले कोरोनासँग लड्न जिल्लामै सुविधासम्पन्न क्वारेन्टाइन तयार गरेको छ । आइसोलेसन वार्ड उत्तिकै व्यवस्थित छ । प्रभावकारी उपकरण छन् । खटाइएका जनशक्ति जिम्मेवारीपूर्वक काम गर्छन् ।

थाहा–६ स्थित ओम् अध्याय रिट्रिट प्रालिले उपलब्ध गराएका २५ कोठामा क्वारेन्टाइन सञ्चालन गरिएको छ। तीमध्ये पाँचवटा हाइकेयर कक्ष र बाँकी सामान्य सुविधाका हुन्। क्वारेन्टाइनमा एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा तीन जना अनमी नियुक्त गरिएका छन्, तीन महिनाका लागि। हाइकेयर कक्षभित्र भान्सा तथा अन्य आवश्यक मेडिकल सामग्रीहरूको व्यवस्था गरिएको छ।

‘५० बेडको अस्पताल बनाउने तयारीमा थियौं। तर, आवश्यक मेडिकलजन्य सामग्री नपाइएपछि होटलसँग सहकार्य गरेर क्वारेन्टाइन निर्माण गरिएको हो’, मेयर लवशेर विष्टले भने। उनका अनुसार होटलले कोठा निःशुल्क उपलब्ध गराएको हो।

‘बेडसिट मात्र किन्यौं। अरू सबै होटलकै प्रयोग गरेका हौं। मात्र ४० लाख रुपैयाँबराबरको बजेटको परिधिमा रहेर काम गरिरहेका छौं,’ विष्टले भने। नगरमा विपद् व्यवस्थापन कोष स्थापना भएको र त्यसमा पनि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको उनले बताए। इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*