बागमती प्रदेशको कोरोना कोषमा बैंक अफ काठमाडौको ५ लाख

जनपत्र
२९ चैत्र २०७६, शनिबार १२:२७

हेटौंडा / बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंक अफ काठमाडौले ५ लाख रकम सहयोग गरेको छ ।

बैंकका हेटौंडा शाखा प्रमुख रमेश प्याकुरेललले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गर्नुभयो ।
बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारलाई सहयोग गर्ने उद्देश्यले कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणको क्षेत्रमा सरकारले काम गरीरहेको जानकारी दिदै बैंकको सहयोग प्रति धन्यवाद दिनुभयो । सरकारले मात्र चाहेर नहुने भन्दै उहाले विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*