सुबिसुको सेल्स काउन्टर खुला

जनपत्र
२९ चैत्र २०७६, शनिबार ०९:३८

हेटौंडा– इन्टरनेट र केबल टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केबल नेट प्रालिले अति आवश्यक सूचनाको स्रोत इन्टरनेट र टेलिभिजन सेवा सुचारु गराउन तथा ग्राहकको सहजताको लागि विभिन्न जिल्लाहरुमा सेल्स काउन्टर खुला गरेको छ ।

तत्कालीन मध्यमाञ्चल क्षेत्रअन्तर्गतका ४ जिल्लामा सुबिसुले लक डाउनको समयमा विशेष सावधानी अपनाई सेल्स काउन्टर खोलेको जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण मुलुक लकडाउनको अवस्थामा सञ्चार सेवा जारी राख्न र ग्राहकको सुविधालाई ध्यानमा राखी निश्चित समय तोकी सेल्स काउन्टर खोलिएको सुबिसुका क्षेत्रीय प्रमुख शेर मोहम्मद अन्सारीले जानकारी दिए ।

उनका अनुसार धादिङमा बिहान १० बजेदेखि ५ बजेसम्म, गोरखामा बिहान ११ बजेदेखि ५ बजेसम्म, नारायणगढमा बिहान १० बजेदेखि २ बजेसम्म् र हेटौंडामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सुचारु हुनेछन् । हेटौंडा शाखाबाट तत्कालको लागि दिउँसो १ बजेसम्म मात्र सेवा दिने व्यवस्था गरिएकोमा उक्त समय बढाउने तयारी भइरहेको पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*