हेटौंडाका थप पाँच वडामा राहत वितरण

जनपत्र
२८ चैत्र २०७६, शुक्रबार १९:०३

हेटौंडा । हेटौंंडा उपमहानगरपालिकाले राहत वितरणको कार्यक्रम अनुसार आज थप पाँच वटा वडामा राहत पठाएको छ । हेटौंडाको वडा नम्बर १ मा ४ सय परिवार, वडा नम्बर ४ मा थप ५० परिवार, वडा नम्बर ६ मा ३ सय ५० परिवार, वडा नम्बर १६ म ाएक सय ८० परिवार र वडा नम्बर १८ मा थप एक सय परिवारलाई राहत पठाइएको उपमहानगरपाकिलाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

राहत वितरणको अभियान निरन्तर रुपमा अरु बाँकी वडाहरुमा पनि पठाइने मेयर महतले वताउनुभयो । पहिलो चरणको रातह वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्ने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानाका लागि समस्या हुने भन्दै अव दोस्रो चरणमा राहत वितरण गर्न लागेको हो ।

दोस्रो चरणमा हेटौंडाका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई ९० हजार केजी चामल, १२ हजार केजी मुसुरोको दाल, ६ हजार केजी नुन, १२ हजार लिटर तेल, २४ हजार थान सावुन वितरण गर्ने तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर महतले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्य्िवधि अनुसारनै वडा मार्फत वितरणको तयारी गरेको छ । नगरमा रहेका एक परिवारले १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ पाकेट नुन, ४ वटा नुहाउने सावुन प्राप्त गर्ने मेयर महतले वताउनुभयो । हेटौंडाका १९ वटै वडा अध्यक्षको नेतृत्वमा राहत वितरण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*