हेटौंडा अस्पताललाई कोरोना टेष्ट बुथ हस्तान्तरण

जनपत्र
२८ चैत्र २०७६, शुक्रबार १८:३४

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पताललाई कोरोना टेष्ट बुथ सहयोग गरिएको छ । सगरमाथा युपिभिसी उद्योगले मकवानपुरमा कोरोनाको संका लागेका विरामीहरुको सहज रुपमा परिक्षण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत मार्फत हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको संका लागेका कुनैपनि विरामी अस्पतालमा उपचार गर्न आउँदा टेष्टको भित्र रहेर सजिलैसंग विरामीको उपचार गर्न सकिने भएको हो । उद्योगले तयार गरेको सामाग्री मेयर महत मार्फत अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल, अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

सिसाले घेरीएको चारकोठे वाकस भित्र डाक्टर वसेर सहजैसंग विरामीको उपचार गर्न सकिने छ । कोरोनाका विरामीको संकामा उपचार गर्नका लागि डाक्टर समेत डराइरहेको समयमा यो सामाग्री अति उपयोगि हुने मेयर महतले वताउनुभयो । सामाग्री हस्तान्तरण गर्ने उद्योगलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

सगरमाथा युपिभिसी उद्योगका संञ्चालक रामबहादुर गुरुङ र राजेन्द्र न्यौपानेले सामाग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका डाक्टर हरिबहादुर खड्का, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*