हेटौंडाको ल्यावमा ७० जनाको स्वाब परिक्षण, रिपोर्ट नेगेटिभ

हेटौंडाको ल्यावमा परिक्षण गरिएका मध्य २० प्रतिशतको काठमाण्डौको ल्यावमा पुन परिक्षण गरिएपनि सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
जनपत्र
२८ चैत्र २०७६, शुक्रबार ०९:०४

हेटौंडा । मकवानपुरको हेटौंडामा कोरोना भाइरस (कोभिड १९) को हाल सम्म ७० जनाको परिक्षण भएको छ । कोरोनाको संका लागेकाहरुको स्वाब परिक्षण गर्दा सवैको रिपोर्ट नेगेभिट आएको छ । हेटौंडामा सञ्चालन गरिएको ल्यावमा प्रदेश नम्बर २ को बारा र पर्षा जिल्लाका कोरोनाको संका लागेका विरामीको पनि परिक्षण गर्ने गरिएको छ ।

बारा, पर्षा जिल्ला र बागमती प्रदेशको सिंधुली लगायतका जिल्लाबाट कोरोनाको संका लागेका विरामीको परिक्षण गर्ने गरिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले वताउनुभयो । चितवनमा कोरोनाको परिक्षण गर्न ल्याव सञ्चालन गरिएपछी हेटौंडामा भने अरु जिल्लाबाट परिक्षण गर्ने गरिएको छ । हेटौंडाको ल्यावमा परिक्षण गरिएका मध्य २० प्रतिशतको काठमाण्डौको ल्यावमा पुन परिक्षण गरिएपनि सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडामा परिक्षण गरिएका ७० जना मध्यमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो । हालसम्म प्राप्त गरिएको सबै नमुना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको सुवेदीले जानकारी दिनुभयो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन तथा मकवानपुर र अन्य जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका बिरामीको प्राप्त स्वाबबाट कोरानाको परीक्षण गरिएको हो । प्रयोगशालामा नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।

चितवनमा पनि कोरोना भाइरसको संक्रमणको परीक्षण गर्न मिल्ने पीसीआर मेसिन जडान भएको कारण अब हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहट जिल्लाको बिराकीको स्वाब परीक्षण हुनेछ । ‘अन्य जिल्लाबाट परीक्षणका लागि स्वाब प्राप्त भएमा त्यो पनि हुनेछ । तर, अहिलेलाई ५ जिल्लालाई लक्षित गरेर परीक्षण भइरहेको छ’, सवेदीले भन्नुभयो । हेटौंडामा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न मिल्ने र त्यसको रिपोर्ट आउन सवा दुईघण्टा समय लाग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*