कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख भन्दा बढी संक्रमित

जनपत्र
२८ चैत्र २०७६, शुक्रबार ०८:४९

काठमाडौं । विश्वभर कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार पाँच सय १३ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ । अनलाइन खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*