हेटौंडाको आइसोलेसन दुई दिन देखि खाली, क्वारेन्टीनमा एक जना

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०९:४९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरेको आइसोलेसन दुईदिन देखि खाली अवस्थामा रहेको छ । बिद्यालयको आइसोलेसन अस्ती देखि खाली अवस्थामा रहेको छ । कोरोना भाइरस (कोभिड १९) का संकासपद विरामी नदेखिएपछी आइसोलेस खाली अवस्थामा रहेको हो ।

कोरोनाको संका लाग्ने वित्तिकै हेटौंडा अस्पताल र आसपासका स्वास्थ्यचौकीबाट पठाइएका विरामी आइसोलेसनमा विरामी राख्ने गरिएको छ । अस्ती साँझबाट आइसोलेसन खाली अवस्थामा रहेको इन्चार्ज भोला चौलागाईले वताउनुभयो । आइसोलेन खाली भएपछी अहिले ज्वरो, रुघा खोकी र कोरोनाका संका लागेका विराकी मकवानपुर जिल्लामा अत्यन्त कम भएको देखिन्छ ।

यसभन्दा अगाडी यहाँ रहेका विरामीलाई डिस्चार्ज गरेपछी अहिले आइसोलेन खाली भएको हो । विरामी तत्काल आउने वित्तिकै उपचार गर्नका लागि स्वास्थ्यकर्मी तयारी हालतमा दिनरातनै खटिएका छन् । हेटौंडा एकेडेमीमा रहेको क्वारेन्टीनमा भने एक जनालाई राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*