मकवानपुरगढीमा स्वास्थ्य परामर्श केन्द्र भत्काइयो

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०८:४०

हेटौंडा । मकवानपुगढी गाउँपालिका वडा नम्वर २ स्थित शिखरकटेरीमा रहेको स्वास्थ्य परामर्श कक्ष भत्काइएको छ । नचिनेका मानिसको समुहले स्वास्थ्य परामर्ष कक्ष भत्काएका हुन् । गाउँपालिकाले स्वास्थ्यकर्मी सहितलाई राखेर स्वास्थ्यपरामर्ष दिदै आएको थियो ।

कान्तिलोकपथमा राखिएको उक्त कक्षलाई केही अराजक मानिसहरु आएर तोडफोड गरेको स्थानीय राजकुमार गोलेले बताउनुभएको छ ।उहाँले उक्त गतिविधि गर्नेलाई आवश्यक कारबाहीको दायरामा ल्याउन गाउँपालिका र प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ ।

यसबारे तु खबरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जान्न खोज्दा प्रहरीले उक्त घटनाबारे बुझेर संकटको समयमा अराजकता मच्चाउने जो कोही भएपनि कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*