फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै आएका तेह्र जनामा भाइरस फेला परेन

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:२६

कोरोना भाईरस ९कोविड १९० को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ । फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताएका छन् ।

परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाबाट आठ, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार र बेलका नगरपालिकाबाट एकजनाको स्वाब सङ्कलन गरी पठाइएकामा ती सबैको नतिजा यस्तो आएको हो । हालसम्म उदयपुर जिल्लामा संक्रमण देखानपरेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताएका छन् । ‘गोरखापत्रबाट’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*