प्युठानका एम्बुलेन्स चालकलाई पिपिई वितरण
जिल्लामा रहेका एम्बुलेन्स चालकलाई कोरोना भाइरस संक्रमणबाट बच्नका लागि व्यक्तिगत सुरक्षा सामग्री ‘पिपिई’ प्रदान गरिएको छ। कोरोना भाइरसको संक्रमणको त्रासका कारण बिरामी नबोक्ने स्थिती नआओस भनेर यसको जोखिम कम गर्न एम्बुलेन्स चालकहरुलाई पिपिई प्रदान गरिएको हो।
जिल्लामा सञ्चालित एम्बुलेन्सका १७ जना चालकहरुलाई प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले उक्त पिपिई हस्तान्तरण गरेका हुन्। जिल्लाको ऐरावती गाउँपालिका निवासी अन्नपूर्ण इनर्जीका अध्यक्ष रामप्रसाद आचार्यको सहयोगमा प्राप्त २० सेट पिपिईमध्ये १७ वटा जिल्ला एम्बुलेन्स व्यवसायी संघका अध्यक्ष सुरेश जिसीलाई हस्तान्तरण गरिएको मेयर कक्षपतिले जानकारी दिए।