मकवानपुरको भीमफेदी–कुलेखानी सडक स्तरोन्नति कार्य पुनःसुचारु

जनपत्र
२५ चैत्र २०७६, मंगलवार १८:५२

हेटौंडा — सबै सुरक्षा उपाय अपनाएर भीमफेदी—कुलेखानी सडकको स्तरोन्नतिको कार्य लकडाउनमै सुचारु गरिएको छ । उक्त सडक खण्डमा हाल सवारी साधन नचल्ने र काम गर्न ‘डिस्टर्व’ नहुने भएकाले स्तरोन्नति कार्य पुनस् सुचारु गरिएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले बताए । उनले भने, ‘कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन सुरक्षा अवस्था मिलाएर काम थालिएको हो ।’ सुरुमा लकडाउन लगतै सडकको स्तरोन्नतिको कार्य रोकिएको थियो ।

मन्त्री फुँयालले १५ किलोमिटर सडकमा भीमफेदीदेखि देउरालीसम्म र देउरालीदेखि कुलेखानी बाँधसम्म गरी दुई भागमा काम भईरहेको बताए । भीमफेदी–देउरालीसम्म आठ किलोमिटर १७ करोड रुपैयाँमा र बाँकी साढे सात किमी सडक १५ करोड लागतमा ठेक्का सम्झौता भएको छ । मोती दाना निर्माण कम्पनीले ठेक्का पाएको छ । कम्पनीले गत चैत १८ देखि निर्माण कार्य सुरु गरेको हो ।

अहिले पाँचवटा स्काभेटरले फरक–फरक काठमाडांै प्रवेश गर्ने सबै भन्दा छोटो दूरीको वैकल्पिक मार्ग हेटौडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हँुदै फर्पिङ पुगिने सडक खण्डको भीमफेदी—कुलेखानी करीब १६ किमी साँघुरो र अत्यन्त जोखिमयुक्त छ । घुमाउरो र साँघुरो भएका कारणले उक्त खण्डमा दुर्घटना अधिक हुने गर्छ । उक्त खण्डमा वाग्मती प्रदेश सरकारले सुरुङ मार्ग समेत निर्माण गर्ने जनाएको छ । आगामी वैशाखमा सुरुङको टेन्डर आव्हान गर्ने तयारीमा सरकार जुटेको छ ।

सुरुङ मार्ग निर्माण गर्न कम्तिमा पनि तीन वर्ष लाग्ने भएकाले अहिले संचालन आईरहेको सडकलाई फराकिलो र स्तरोन्नती गर्न लागेको मन्त्री फुँयालले बताए ।अहिले सडकको मोड सुधार गर्नुका साथै ६ मिटर चौडा र कालोपत्रेसमेत गर्नु पर्ने गरी सम्झौता भएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका इन्जिनियर नविन सिंहले बताए । उक्त सडकको स्तरोन्नती पछि वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, काभ्रे, दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवोकाट जिल्लालाई प्रदेशको राजधानी हेटौडा आउजाउ गर्न सहज हुने प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले बताए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*