लकडाउनको समयमा जनताका समस्या बुझ्दै, सुत्केरीलाई कोसेली बाँड्दै हेटौंडाका जनप्रतिनिधि

जनपत्र
२५ चैत्र २०७६, मंगलवार ०७:२०

हेटौंडा । कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भइरहेको समयमा हेटौंडाका नागरिकलाई परेका समस्याका बारेमा वुझ्न र यो वेलामा सुत्केरी र असक्त बृद्धबृद्धाहरुको अवस्था बुझ्नका लागि निरीक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा र हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान सहितको टोलिले हेटौंडाका विभीन्न टोलमा रहेका नागरिकको समस्या बुझ्दै निरीक्षण गरिएकोे हो ।

सरकारले लकडाउन गरेको समयमा परेका समस्या बुझ्दै हेटौंडा ७, ८, १२ र १३ का सुत्केरी महिलालाई पोसीलो खानेकुरा हस्तान्तरण गरिएको हो । लकडाउनको समयमा सवै भन्दा वडी मारमा सुत्केरी महिला, बृद्धबृद्धा पर्ने भएकाले उनीहरुको समस्या बुझ्न हेटौंडाका मेयर, उपमेयर र वडा अध्यक्ष टोल टोलमा पुग्नु भएको हो । लकडाउनका कारण धेरै खालका समस्या भएका वेलामा निरीक्षण गर्न गाउँ आएकोमा स्थानीय नागरिक खुसी समेत भएका छन् । यो समयमा परेका सबै खालका समस्या समाधान गर्न स्थानीय सरकार तयार रहेको जनप्रतिनिधिहरुले वताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*