निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई पनि सरकारी अस्पतालमा सेवा गर्न दिइने, सरकारीसरह सुविधा

जनपत्र
२५ चैत्र २०७६, मंगलवार ०७:१०

स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

ती स्वयं सेविकाहरुले क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ । त्यसैगरी, निजी क्षेत्रमा रहेका स्वास्थ्यकमीहरुले सरकारी अस्पतालहरुमा आएर सेवा दिन चाहेमा तहगत मिलान गरी सरकारी स्वास्थ्यकर्मीहरुले पाउने सेवा सुविधा उपलब्ध गराउने गरी अवसर दिने निर्णय आजको मन्त्रिपरिषदबाट भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेनलमा सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिएका छन् । साथै, निजी अस्पतालमा रहेर पनि कोरोनासँग सम्बन्धित उपचार गरेमा उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई सरकारी सेवा सुविधा प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*