हेटौंडा अस्पतालमा दिन रातै सेवा, बिरामी आउनै मान्दैनन्
हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा २४ सै घण्टा विरामीको उपचार गर्ने भनिएको छ । तर, त्यस अनुसार विरामीहरु अस्पतालमा आउनेक्रम भने थोरै मात्र रहेको छ । ज्वरोका विरामीका लागि २४ सै घण्टा आकस्मीक चेकजाँच गर्ने गरिएको छ । डाक्टरहरु पनि तैनाथ छन् । डाक्टरहरु विरामीको उपचार गर्न तैनाथ छन् । तर, सामान्य विरामी पदाी विरामी अस्पताल आउनै मान्दैनन् ।
कोरोना भाइरसको त्रासका कारण लकडाउन हुनुभन्दा पहिले हेटौंडा अस्पतालमा दैनिक ८ सय विरामी चेकजाँच गर्न आउने भएपनि अहिले भने दैनिक २ सय ८० जना विरामी मात्र चेकजाँच गर्न आउने गरेको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा हेटौंडा अस्पतालमा ९६ हजार ५ सय जना विरामीको चेकजाँच भएको छ । वितेको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा ९८ हजार जना विरामीले मात्र हेटौंडा अस्पतालमा उपचार गराएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वितेको वर्ष भन्दा धेरै विरामीको उपचार गर्ने लक्ष लिएको वताउँदै उहाँले भन्नुभयो–‘निजी अस्पतालमा भन्दा सरकारी अस्पतालमा आम नागरिकको भरोसा वढेसंगै कुनैपनि रोग लागेमा पहिले हेटौंडा अस्पताल आउने गरेका छन् ।’
कोरोना भाइरसको त्रास वढेसंगै सरकारले लकडाउन गरेपछी नियमित अस्पतालमा चेक जाँच गरेर औषधि खाने विरामीहरु कमै मात्रामा आउन थालेका छन् । विरामीले भरीभराउ हुने हेटौंडा अस्पतालका प्राय कक्षहरु खाली छन् । कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा बिरामीको चाप हुनेगरेको थियो । लकडाउन सुरु भएपछि नयाँ बिरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका बिरामी पनि भर्ना भएर वस्नु भन्दा पनि डिस्चार्ज मागेर सबै घर घरमा रहेको अवस्था छ ।
केही अति संवेदनशील बिरामी वाहेक अहिले अस्पतालमा नयाँ बिरामी देखिँदैनन । कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दीर्घकालीन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ । घरमा नै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उहाँले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने उहाँले बताउनुभयो ।
दम बढ्दा, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउदै उँहाले ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरिया, स्क्रब टाइफस, हेपाटाइटिस जस्ता कारणले पनि हुने भएकाले नडराइ अस्पताल आउन डाक्टरको सुझाव छ । घरमा नै रोग पालेर बस्ने र अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार हुन नसकेर ज्यान जान थालेको भन्दै चिकित्सकले सबै समयमा नै सजग हुनुपर्ने बताउनुभयो ।
समान्वय ज्वरो रुघाखोकी लागीहालेमा समेत तुरुन्तै चिकित्सकको सल्लाह र अस्पतालमा पुग्नुपर्ने यो समयमा घरमै बसेर रोग लुकाउँदा थप समस्या र जोखिम बढ्ने भएकोले कोरोनको डर र त्रास कम गराउदै सरोकारवालाले अस्पतालमा ढुक्कसंग उपचार हुने वातावरण वनाउन आवश्यक देखिएको छ ।