मकवानपुरको भीमफेदी–कुलेखानी सडक निर्माणको काम लकडाउनमा पनि जारी

हेटौंडा । मकवानपुरको भिमफेदी–कुलेखानी सडक निर्माणको काम अहिले पनि जारी छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सकारले देशैभर लकडाउन गर्न निर्देशन दिएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने कुलेखानी – भीमफेदी सडकखण्डको निर्माण तथा मर्मत गरेर समयको सदुपयोग गर्ने जनाएको छ । मन्त्रालयले एक ठेकेदार कम्पनीलाई ३२ करोडको लागतमा १५।५ किलोमिटर सडक निर्माण गर्ने स्वीकृती दिइसकेको जनाएको छ ।
मन्त्रालयका सचिव तेजराज भट्टका अनुसार भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटरमा १५ करोड र देउरालीदेखि कुलेखानीसम्म ७।५ किलोमिटरमा १७ करोड लागत छुट्याएर काम थालनी गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइएको छ ।
मन्त्रालयले उक्त सडक निर्माण तथा मर्मतमा खटिने प्राविधिक मजदुर वा अन्य जनशक्ति सबैलाई सुरक्षाको उपाय अपनाउन निर्देशन दिएको छ । उक्त सडक निर्माण कार्य बैशाखको तस्रो हप्तासम्ममा सम्पन्न हुने मन्त्रालयले जनाएको छ । तु खवरबाट ।