हेटौँडा चौकीटोलका स्थानीयले गरे टोललाई लकडाउन
हेटौंडा । कोरोनाको संक्रमण रोक्न टोल जाने बाटोमा हेटौँडा चौकीटोलका स्थानीयले तगारो राखेर टोलमा अनावश्यक सवारीलाई निषेध गर्दे लकडाउन गरेका छन । सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न हेटौंडा १ का चौकीटोल अन्र्तगत सुनगाभा टोल फडिन्द्र पथका स्थानीय कमल लामाले जानकारी दिनु भयो ।
उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत टोल प्रवेशमा रोक लगाएका छन । स्थानीयले टोल प्रवेश गर्ने नाकामा तगारो राखेर सूचना राखेका अर्का स्थानिय पुरुषोत्तम पराजुलीले जानकारीदिनु भयो । नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने उहाँले बताउनु भयो । विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरिएको छ ।






