हेटौंडामा राहत वितरण गर्न ७५ लाख रुपैयाँको कोष

उपमहानगरपालिकाले कार्यविधि वनाएर स्थापना गरेको कोरोना कोषमा निजी क्षेत्रलाई पनि रकम जम्मा गर्न आग्रह गरिएको छ ।
जनपत्र
२३ चैत्र २०७६, आईतवार १८:४०

हेटौंडा । हेटौंडा उपमहनागरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावितहरुका लागि राहत वितरण गर्नका लागि ७५ लाख रुपैयाँको कोष खडा गरेर तत्काल राहतका सामाग्री खरिद गरेर वितरण गर्ने भएको छ ।

नेपाल वैकमा खाता खोलेर ७५ लाख रुपैयाँको कोष खडा गरिएको र राहत सामाग्री खरिद गरेर वितरणका लागि तयारी गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हेटौंडामा कोरोनाको प्रभावका कारण पीडित वनेका नागरिकका लागि रकम जम्मा गर्नुपरेमा नेपाल वैकमा रहेको विपद् कोषको खाता नम्बर ०२५०३००००००००५००४००५ मा जम्मा गर्न ससकिने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको आजको कार्यपालिका बैठकले राहत वितरण कार्यविधि २०७६ पारित गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अति विपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई राहत ९ वटै वडा कार्यालय मार्फत वितरण गरिने मेयर महतले जानकारी दिनुभयो ।

कार्यविधिमा दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, एक पाकेट नुन, ४ वटा सावुन लगायतका सामाग्री राखेर वितरण गरिने छ । राहत वितरणमा लक्षत वर्गको छनौट गरेर हेटौंडाका १९ वटै वडा कार्यालय मार्फत वितरण गरिने मेयर महतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*