लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न बागमती प्रदेश प्रमुख प्रसाईंको आग्रह

प्रदेश प्रमुख विष्णु प्रसाद प्रसासाईंले प्रदेशवासीका समस्या १३ वटै प्रमुख जिल्ला अधिकारीसंग बुझेर कार्यान्वयनका लागि प्रदेश सरकारलाई आग्रह गर्दै आउनुभएको छ ।
जनपत्र
२३ चैत्र २०७६, आईतवार १३:४०

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सरकारले गरेको लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि आग्रह गर्नुभएको छ । सवै प्रदेशवासीहरु घरघरमा वसेर लकडाउनको कायान्वयन गर्दै घरबाट बाहिर ननिस्कनका लागि आग्रह गर्नुभयो ।

घरमा वसेमा मात्र कोरोना भाइरस (कोभिड १९) को रोगको संक्रमणबाट वच्न सकिने वताउँदै प्रदेश प्रमुख प्रसाईले भन्नुभयो–‘प्रदेशवासीहरु घरमा वसेर लकडाउनको कार्यान्वयन गर्नुपर्छ । घरमा वसेमा मात्र कोरोना संक्रमणको चेनलाई टुटाउन सकिन्छ । त्यसैले लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गरौं ।’

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर सुकुम्वासी परिवार सवैभन्दा वडी समस्यामा परेकाले यसका लागि तीनै तहका सरकारले योजना ल्याएको उहाँले वताउनुभयो । सरकारले ल्याएका योजना कार्वान्वय कार्यान्वयन हुने भएकाले धर्य भएर वस्नका लागिप्रदेशवासीमा प्रदेश प्रमुख प्रसाईले आग्रह गर्नुभएको छ ।

बागमती प्रदेशका १३ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीबाट कोरोना भाइरस (कोभिड १९)को संक्रमण, प्रभाव, नागरिकलाई परेका समस्या, लकडाउनको कायान्वयनका विषयमा जानकारी लिने गरेको वताउँदै प्रदेश प्रमुख प्रसाईंले भन्नुभयो–‘प्रदेशवासी नागरिकका समस्या तीन दिन विराएर जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग लिने गरेको छु । अहिले रसुवा जिल्लामा खाद्यान्न अपुगको समस्या, सिंधुली जिल्लामा स्वास्थ्यका सामाग्रीको समस्या भएकाले त्यस समस्या समाधान गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव दिएको छु ।’

जिल्लाको जानकारी लिने र कार्यान्वयन गर्ने काम निरन्तर रुपमा गरिएको उहाँले वताउनुभयो । विदेशबाट फर्कने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई क्वारेन्टाइनमा बसेपछी मात्र घरमा जानका लागि आग्रह गर्नुभयो । बिदेशबाट फर्किएका नेपालीहरुमानै कोरोनाको संक्रमण वढेकाले यसबाट सवै सचेत रहनुपर्ने उहाँको भनाई छ ।

जनताको भरोसा स्वास्थ्यकर्मीमा रहेकाले उच्च मनोवलका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीलाई परेका समस्या समाधान गर्न समेत उहाँले प्रदेश सरकारसंग आग्रह गर्नुभएको छ । स्थानीय तहले सम्पूर्ण नागरिकको जिम्मेवारी पुरा गर्नेगरी काम गर्नपर्ने वताउँदै उहाँले भन्नुभयो–‘स्थानीय सरकारले कोरोनाका विरुद्ध लड्ने अभियानसंगै स्थानीय नागरिकलार्य परेका सवै खालका समस्या समाधान गर्न लाग्नुस ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*