कोरोना विरुद्धको लडाईमा मकवानपुरका स्थानीय तह सक्रिय

जनपत्र
२३ चैत्र २०७६, आईतवार ०७:५३

हेटौंडा । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइमा मकवानपुरका स्थानीय तह सक्रिय भएर लागेका छन् । जिल्लाका दशवटै स्थानीय तहले आफ्ना क्षेत्रमा सक्रिय भएर काम गरेका छन् । मकवानपुरमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्ने, गाउँ गाउँमा स्वास्थ्यकर्मी खटाएर ज्वरो जाँच गर्ने, क्वारेन्टाइन निर्माण गर्ने, लकडाउन कार्यान्वयन गर्न लाग्ने दैनिक ज्यालादारी गर्नेहरुलाई राहत वितरण गर्ने लगायतका कामहरुमा सक्रिय भएर लागेका हुन् ।

कोरोना भाइरस विरुद्धको लडाइमा हेटौंडाका १९ वटै वडामा विभीन्न खालका कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हेटौंडा वजार क्षेत्रमा किटनासक औषधि छर्कने, दैनिक ज्यालादारी परिवारलाई राहत वितरण गर्ने, बिदेशबाट आएकाहरुको पहिचान गर्ने र सचेत गराउने, विभीन्न चेतना जगाउन सार्वजनिक सन्देश, टोलटोलमा माइकिङ गर्ने, क्वारेन्टाइन, लकडाउननको कार्यान्वयन गर्न आग्रह गर्ने, आइसोलेसन निर्माण गर्ने लगायतका काम गर्दै कोरोना विरुद्धमा अभियाननै सञ्चालन गरिएको मेयर महतले वताउनुभयो ।

कोरोना विरुद्धको अभियानमा वसै वडामा वडा अध्यक्षहरु, वडा सदस्यहरु सहित सक्रिय भएर काम गरिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्ठले वताउनुभयो । मकवानपुरको कैलाश गाउँपालिकामा साधन, श्रोतको अभावमा पनि विदेशबाट आएकाहरु र ज्वरो आएकाहरुको लागि हेल्प डेस्कनै सञ्चालन गरेर जाँच गर्न थालिएको अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । विकट भएकाले धेरै खालका समस्या हुँदा हुँदै पनि कोरोना विरुद्धको अभियानमा प्रत्यक वडामा वडाअध्यक्षको सक्रियतामा अभियाननै सञ्चालन गरिएको मोक्तानले वताउनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिकामा पनि अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ठ, वडाअध्यक्षहरु सहितले कोरोना विरुद्ध लकडाउन कार्यान्वयन गराउने, क्वारेन्टाइन निर्माण गर्ने, दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत वितरण गर्ने, घरघरमा विदेशबाट आएकाहरुको ज्वरो जाँच गर्ने लगायतका अभियान सञ्चालन गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिानुभयो ।

कोरोना भाइरस विरुद्धको लडाइमा मकवानपुरको राक्सीराङ गाउँपालिका, मकवानपुर गढी, भिमफेदी, इन्द्रसरोवर, बकैयाँ, बागमती गाउँपालिका पनि उत्तिकै सक्रिय भएर लागेका छन् । यहाँका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र वडा सदस्यहरु सहितको टोली यो अभियानमा लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*