लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
जनपत्र
२२ चैत्र २०७६, शनिबार २०:२६

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।

यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला(जिल्ला आवागमनमा नियन्त्रण निर्णय पनि गरेको छ। यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।

मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउन विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णयले बताए । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकार देखिन्छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*