मकवानपुरमा लकडाउन उलंघन गर्ने ३ सय सवारी र ७४ जना यात्रु प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपरमा लकडाउनको उलंघन गर्ने तीन सय वटा भन्दा वडी सवारीका साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको ११ दिन सम्ममा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट लकडाउनको उलंघन गर्ने सवारीका साधन नियन्त्रणमा लिइएको हो ।
लकडाउन उलंघन गर्ने ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ वुझाइ छाडेको छ । लकडाउनमा घरमा वस्नुपर्ने समयमा घरबाहिर सडकमा निस्कीएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिनुभयो ।
लकडाउनको ११ दिन सम्मको अवधिमा ३ सय १२ वटा सवारीका साधन नियन्त्रणमा लिएर अधिकांस सवारीका साधन प्रहरी कार्यालयमै राखिएको उहाँले वताउनुभयो । प्रहरीले सवैभन्दा वडी मोटरसाइकल, कार, टेयाक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको पाठकले वताउनुभयो ।