सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित
काठमाडौं । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।
मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् । यो समाचार अनलाईन खवरबाट साभार गरिएको हो ।






