मकवानपुरका चार वटा स्थानीय तहमा क्वारेन्टाइन निर्माण, कोरोना संका लागेका विरामीलाई राखिने

जनपत्र
२२ चैत्र २०७६, शनिबार १३:४२

हेटौंडा । मकवानपुरका चार वटा स्थानीय तहमा कोरोनाको भाइरस (कोभिन १९) को संका लागेका विरामीलाई तत्काल राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र मकवानपुर गढी गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको कर्रामा रहेको श्रमिक माविमा ३० वेढको आइसोलेसन समेत निर्माण गरिएको छ । यसबाट विरामी राखेर जाँच गर्न सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । त्यसैगरी हेटौंडा एकेडेमीमा क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोनाको संका लागेका केही विरामीहरुलाई यहाँ राख्ने गरिएको छ ।

यसैगरी मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराहीमा २० वेढ क्षमताको क्वारेन्टाइन निर्माण गरिएको मेयर लवशेर विष्ठले वताउनुभयो । मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाँको अग्नीहोत्राश्रममा २५ वेढको क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । मकवानपुर गढी गाउँपालिकामा पनि तत्काल आवस्यक परिहालेमा कोरोनाको संका लागेका वा विदेशबाट फर्किएकालाई राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला स्तरमा आइसोलेसन समेत निर्माण गर्ने र गाउँपालिका स्तरमा क्वारेन्टाइन निर्माण गरिएको हो । अहिले हरेक स्थानीय तहले कुनैन कुनै रुपमा कोरोना विरुद्धको लडाइमा अगाडी सरेका छन् । गाउँगाउँमा जनचेतना जगाउने कामसंगै स्वास्थयसंस्थालाई जागरुप वनाएर काम गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*