हेटौंडामा पाँच जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार १९:५५

हेटौंडा । हेटौंडामा कोरोना भाइरस रोग (कोभिड–१९) संका लागेका विरामीको ल्याव परिक्षणपछी रिपोर्ट नेगेटिभ आएको छ । चितवनबाट कोरोना भाइरसको संका लागेका पाँच जनाको ल्याव परिक्षणपछी रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

चितवनको आइसोलेसनमा मृत्यु भएका एक जना र अरु थप चार जना विरामीको संका लागेपछी स्वाब परिक्षण गरिएको थियो । आजबाट सुरु भएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट आज पहिलो पटक कोरोनाको संका लागेका विरामीको स्वाब परिक्षण सुरु गरिएको हो ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा आजबाट कोरोना परीक्षण गर्न सुरु गरिएको  हेटौंडा अस्पतालका प्रुमख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो । आज बाट सुरु गरिएको ल्यावमा आइसोलेसनबाट पाँच जनाको मात्र नमुना स्वाब परिक्षणका लागि आएको थियो ।

ल्याब सञ्चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो। परीक्षण थालिएको केही घण्टाजतिमा नतिजा प्राप्त हुन्छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ। मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ।

यसअघि विज्ञको अभावमा उक्त ल्याब प्रयोगमा आउन सकेको थिएन। २०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याबमा अहिले टेक्निसियन निरीक्षक र असिस्टेन्ट गरी दुई जना मात्र प्राविधिक कर्मचारी छन्। ‘यो ल्याब नियमित सञ्चालन गर्ने हो भने हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिनेछ’, सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा पुरुषोत्तम सेढाईंले भन्नुभयो ।

२०३५ सालमा स्थापित उक्त केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन्। कार्यालयप्रमुख डा। यदुचन्द्र घिमिरे दुई साताअघि सरुवा भएपछि केन्द्र प्रमुखविहीन बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*