पानी पनि सहयोग लिदै बागमती प्रदेशका मुख्यमन्त्री
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पानी पनि सहयोग लिनु भएको छ । आज हेटौंडाका पानी उद्योगीहरुले मुख्यमन्त्री पौडेललाई पानी सहयोग गरेका छन् । पानी उद्योगीहरुले दिएको एक सय कार्टुन पानी मुख्यमन्त्री पौडेलले ग्रहण गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको नेतृत्वमा मुख्यमन्त्री पौडेल समक्ष पानी हस्तान्तरण गरिएको हो । यो कोरोना भाइरसको संकटको समयमा कुनैपनि वेलामा पानीको समस्या पर्न सक्ने भएकाले मुख्यमन्त्रीलाई एक सय कार्टुन पानी हस्तान्तरण गरिएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पानी उद्योगी राजकुमार न्यौपानेले वताउनुभयो ।
मकवानपुर वेभरेज प्रालि (माइच्वाइस) नेचुरल वेभरेज प्रालि (अमृत जल) र अक्वा इन्फिनिटी (जस्ट वाटर)ले मुख्यमन्त्री पौडेल र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई गरेर तीन सय कार्टुन पानी हस्तान्तरण गरिएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य न्यौपाने जानकारी दिनुभयो । मुख्यमन्त्रीलाई एक सय काटुन पानी हस्तान्तरण गरिएको थियो । यो पानी जुनसुकै आपतका बेलामा वितरण गर्न सहज होस भन्ने उदेस्यले वितरण गरिएको उहाँले वताउनुभयो ।
मुख्यमन्त्रीको सचिवालयमा पनि जोसुकै आउने र बाहिरका सुरक्षाकमीलाई पनि पानी वतरण गर्ने भएकाले ससहज होस भनेर पानी सहयोग गरेको न्यौपानेले वताउनुभयो । यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पनि दुई सय कार्टुन पानी हस्तान्तरण गरिएको छ ।
नेचुरल वेभरेजका संचालक धुव्र अधिकारीले सुरक्षाकर्मीका लागि आवश्यक पानी सहयोग गरिरहेको र माग अनुसार विपद्मा खटिने सबैलाइै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।