कोरोना भाइरसका संक्रमित १० लाख नाघे, ५३ हजार बढीको मृत्यु

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:४८

विश्वभर कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमितको संख्या १० लाख नाघेको भने करिब ५३ हजारले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको पछिल्ला तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १४ हजार ४ सय ९९ रहेको छ। यीमध्ये ५३ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ।

कूल संक्रमितमध्ये हालसम्म २ लाख १२ हजार १८ जना उपचारपछि निको भइ घर फर्केका छन्। अहिले विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका ७ लाख ४९ हजार ३ सय २२ जना बिरामी उपचार गराइरहेका छन्। यीमध्ये ३७ हजार ६ सय ९८ को स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ७ लाख ११ हजार ६ सय २४ जनाको अवस्था सामान्य छ।

कूल संक्रमित मध्ये हालसम्म ५।२३ प्रतिशतको मृत्यु भएको छ भने २०।८९ प्रतिशत उपचार पश्चात निको भइ घर फर्केका छन्। संक्रमितमध्ये ७३।८६ प्रतिशत अहिले विभिन्न देशका अस्पताल तथा घरमै बसेर उपचार गराइरहेका छन्। कूल उपचाररत मध्ये ५ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर छ भने ९५ प्रतिशतको सामान्य रहेको छ।नेपालन्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*