सातवटै प्रदेशमा कोरोना परीक्षण शुरू हुँदै

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:३१

कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट शुरू हुने भएको छ । कतिपय प्रदेशमा शुरू भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै शुरू हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अब सरकारले सातवटै प्रदेशमा कोरोना परीक्षण शुरू गर्न लागेको छ, कतिपय प्रदेशमा शुरू भयो भने कतिपय प्रदेशमा भोलि–पर्सि नै शुरू हुनेछ भने।

उनले हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र हेटौँडामा परीक्षण शुरू भइसकेको जानकारी दिए । कर्णाली प्रदेशमा पनि शुरू भएको जानकारी आइसकेको छ । प्रवक्ता देवकोटाले बाँकी प्रदेशमा पनि तत्काल परीक्षण शुरू गर्ने तयारी भइरहेको जानकारी दिए । धरानमा हाल दैनिक १२ जनाको स्वाब परीक्षण शुरू गरिएको छ ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले दैनिक १२ जनाको कोरोना परीक्षण भइरहेको जानकारी दिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरू गरिएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*